नियम १३
योग्यताक्रमको सूची प्रकाशन गर्ने
(१) आयोगले एकीकृत प्रवेश परीक्षाबाट उत्तीर्ण उम्मेदवारहरूको एकीकृत योग्यताक्रमको सूची, खुला तर्फको योग्यताक्रमको सूची र आरक्षण तर्फको समूहगत योग्यताक्रमको सूची प्रकाशन गर्नु पर्नेछ।

(२) उपनियम (१) बमोजिमको आरक्षण तर्फको योग्यताक्रमको सूची प्रकाशन गर्दा सामुदायिक विद्यालय तर्फको आरक्षणको समूहगत योग्यताक्रमको सूची र अन्य विद्यालय तर्फको आरक्षणको समूहगत योग्यताक्रमको सूची प्रकाशन गर्नु पर्नेछ।